Er. ANANTA RAJ SHRESTHA-Computer Engineer at the Government of Nepal
नेपाल सरकार अन्तर्गतका कुनै पनि मन्त्रालय,आयोग, विभाग, कार्यालय, स्थानीय तह आदि सरकारी निकायले आफ्नो आधिकारिक वेबसाइट पूर्ण रूपमा निःशुल्क बनाउन सक्छन्। यसका लागि कुनै निजी कम्पनी, टेन्डर वा बजेट आवश्यक पर्दैन।
यो सम्पूर्ण प्रक्रिया सूचना तथा सञ्चार प्रविधि मन्त्रालय (MoCIT) अन्तर्गतका दुई मुख्य निकायमार्फत सञ्चालन हुन्छ:
सूचना प्रविधि विभाग (DoIT)
राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC / IDMC)
समग्र आधिकारिक प्रक्रिया
पहिलो चरण → DoIT : GIWMS प्रणालीमा आबद्ध हुन पत्र
दोस्रो चरण → NITC : Domain Mapping को पत्र
तेस्रो चरण → DoIT : वेबसाइट Live गरिदिन पत्र
यी तीन चरण पूरा भएपछि मात्र सरकारी वेबसाइट पूर्ण रूपमा सञ्चालनमा आउँछ।
पहिलो चरण: DoIT मा निवेदन
(एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली(GIWMS)मा आबद्ध हुन)
यस चरणमा कार्यालयले DoIT लाई औपचारिक पत्र पठाएर आफ्नो कार्यालयलाई सरकारको GIWMS मा समावेश गरिदिन अनुरोध गर्नुपर्दछ।
यस चरणमा DoIT ले के गर्छ?
कार्यालयलाई सरकारी GIWMS मा दर्ता गर्छ
वेबसाइट प्रणाली उपलब्ध गराउँछ
Admin / System Manager तोक्छ
वेबसाइटको ढाँचा (template) दिन्छ
पहिलो चरणको सरकारी पत्र ढाँचा
मिति: ………………………
श्री सूचना प्रविधि विभाग
बबरमहल, काठमाडौं ।
विषय: एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा आबद्ध गराइदिने बारे ।
उपरोक्त सम्बन्धमा यस विभागबाट विकास भई सञ्चालनमा रहेको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई नेपाल सरकारका सबै
निकायहरुले आफ्नो वेबसाइट व्यवस्थापन गर्न प्रयोग गर्ने भएको जानकारी बमोजिम सो प्रणालीमा यस निकायलाई समेत आबद्ध हुन आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ ।
साथै उक्त प्रणाली सञ्चालन तथा प्रयोगमा सहकार्य भूमिकाको लागि यस निकायमा कार्यरत देहाय बमोजिमका कर्मचारीलाई प्रणाली व्यवस्थापकको रुपमा तोकिएको व्यहोरा जानकारी
गराउँदछु ।
प्रणाली व्यवस्थापकको नाम: ……………………………
पद: ……………………………
मोबाइल नं: ……………………………
कार्यालयको इमेल ठेगाना: ……………………………
(कार्यालय प्रमुख)
नोट: यो चरणपछि तपाईंको कार्यालय सरकारी GIWMS मा प्रवेश गर्छ, तर वेबसाइट अझै live हुँदैन।
दोस्रो चरण: NITC (IDMC) मा निवेदन
(Domain Mapping का लागि)
अब तपाईंको .gov.np डोमेनलाई सरकारी सर्भरमा DNS Mapping गर्नुपर्छ यसका लागि NITC मा पत्र पठाउनु पर्दछ:
दोस्रो चरणको सरकारी पत्र ढाँचा
मिति: ………………………
श्री एकीकृत डेटा व्यवस्थापन केन्द्र
(राष्ट्रिय सूचना प्रविधि केन्द्र)
सिंहदरबार, काठमाडौं ।
विषय: Domain Mapping सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस कार्यालयको Domain  …………………………………… लाई सूचना प्रविधि विभागबाट एकीकृत वेबसाइट व्यवस्थापन
प्रयोजनका लागि उपलब्ध गराइएको IP Address: xx.xx.xx.xx (जस्तै:-103.69.124.8) मा Mapping गरिदिनुहुन अनुरोध छ ।
(कार्यालय प्रमुख)
नोट:-यस चरणमा तपाईंको डोमेन सरकारी डाटा सेन्टरमा जोडिन्छ।
तेस्रो चरण: DoIT मा अन्तिम पत्र
(वेबसाइट Live गरिदिन)
अब बेवसाईट लाइभ गर्न DoIT लाई अन्तिम पत्र पठाउनु पर्दछ:
तेस्रो चरणको सरकारी पत्र ढाँचा
मिति: ………………………
श्री सूचना प्रविधि विभाग
बबरमहल, काठमाडौं ।
विषय: वेबसाइट Live गरिदिने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस कार्यालयको Domain  ……………………………………(जस्तै:-office.gov.np)  तहाँ विभागबाट एकीकृत वेबसाइट व्यवस्थापन
प्रयोजनका लागि उपलब्ध गराइएको IP Address: xx.xx.xx.xx (जस्तै:-103.69.124.8) मा Mapping भइसकेको हुँदा यस कार्यालयको वेबसाइट
Live गरिदिनुहुन अनुरोध छ ।
(कार्यालय प्रमुख)
अव यही पत्रपछि तपाईंको वेबसाइट आधिकारिक रूपमा सार्वजनिक (Live) हुन्छ।
नोट: माथिका विषयवस्तु नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय (MoCIT) अन्तर्गतका दुई मुख्य निकायहरु सूचना प्रविधि विभाग (DoIT) र राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC / IDMC)हरुको आधिकारिक वेबसाइटमा रहेको सूचना/सेवा/जानकारीमा आधारित छन् भने प्रस्तुत निवेदनको आधिकारिक ढांचा सम्बन्धित निकायको वेबसाइटको डाउनलोड खण्डमा प्राप्त गर्न सकिन्छ र पत्र पठाउदा कार्यालयको Official Letterhead मा पठाउनुहुन् अनुरोध छ।
फिसिङ् (Phishing) भनेको के हो?
फिसिङ् भनेको एक प्रकारको सामाजिक इन्जिनियरिङ् (Social Engineering) साइबर हमला हो जसमा ह्याकरहरूले प्रयोगकर्तालाई झुक्याएर गोप्य र संवेदनशील जानकारी चोर्ने प्रयास गर्छन्।
यी हमलाहरू प्रायः यस्ता माध्यमबाट गरिन्छ:
अनधिकृत Email जसले सरकारी वा विश्वासिलो संस्था जस्तो देखिन्छ
Viber, WhatsApp, SMS वा Messenger मा आएको लिंक वा फाइल
Word, Excel, PPT, PDF वा Application को रूपमा देखिने Attachments
ह्याकरहरूले यस्ता माध्यममार्फत प्रयोगकर्तालाई भ्रममा पारेर क्लिक गर्न बाध्य गराउँछन्, जसले गर्दा उनीहरूले तपाईंको पासवर्ड, OTP, बैंक विवरण, वा सरकारी प्रणालीमा पहुँच प्राप्त गर्न सक्छन्।
फिसिङ् किन खतरनाक छ?
फिसिङ् सामान्य Email वा Link जस्तो देखिए पनि, यसको असर अत्यन्त घातक हुन सक्छ। यसको मुख्य खतरा निम्न प्रकार छन्:
१. गोप्य जानकारी चुहावट
तपाईंको पासवर्ड, व्यक्तिगत वा सरकारी विवरण ह्याकरको हातमा पुग्न सक्छ। यस्तो जानकारी प्रयोग गरेर उनीहरूले बैंक खाता, सरकारी प्रणाली, वा अन्य डिजिटल सेवाहरूमा पहुँच प्राप्त गर्न सक्छन्।
२. प्रणालीमा अनाधिकृत पहुँच
फिसिङ् हमलाबाट तपाईंको कम्प्युटर वा नेटवर्क ह्याकरको निगरानीमा जान सक्छ। यसले सम्पूर्ण कार्यालय वा संस्थालाई जोखिममा पार्न सक्छ।
३. Insider Threat को उत्पत्ति
फिसिङ् हमलाको माध्यमबाट प्रयोगकर्ता नै अनजानेमा संस्था वा सरकारको प्रणालीमा एक मुष्ठ रूपमा Expose गर्ने माध्यम बन्न सक्छ।
फिसिङ् कहाँबाट आउन सक्छ?
ह्याकरहरूले आफ्नो उद्देश्य पूरा गर्न प्रयोग गर्ने सामान्य तरिकाहरू यस प्रकार छन्:
• झूटा Email ID प्रयोग गरी
सरकारी संस्था वा कम्पनीको नाम दुरुपयोग गर्दै support@gov.np जस्तो देखिने तर वास्तविक नभएको Email ID बाट मेल पठाइन्छ।
• परिचितको नाम प्रयोग गरेर Link पठाउने
साथी वा सहकर्मीको नामबाट Path भएको Link अथवा File विश्वास लाग्दो लाग्न सक्छ, तर त्यो ह्याकरले बनाएको हुन सक्छ।
• उत्सुकता जगाउने विषयहरू प्रयोग गर्नु
"Congratulations! You've won", "Urgent Salary Update", "Verify your account" जस्ता विषयहरू प्रयोग गरेर क्लिक गराउन खोजिन्छ।
• टंकण वा भाषा त्रुटिपूर्ण
सामान्यतया यस्ता सन्देशहरूमा व्याकरण त्रुटि, अनौठो शैली वा अस्पष्ट वाक्य संरचना देखिन्छ।
फिसिङ्बाट कसरी बच्ने?
फिसिङ्बाट जोगिनका लागि सावधानी नै सबैभन्दा बलियो सुरक्षा हो।
Think Before You Click
सन्देश प्राप्त भएपछिको पहिचान:
Email को From Address सत्यापन गर्नुहोस्। (e.g., info@nepal.gov.np हो कि info@nepal-gov.com)
कुनै पनि Link मा क्लिक गर्नु अघि Mouse Hover गरेर URL जाँच गर्नुहोस्।
अनौठो Subject वा Attachments भएको मेलबाट सतर्क रहनुहोस्।
शंका लागेमा तत्काल कदम चाल्नुहोस्:
तुरुन्त IT विभाग, शाखा, वा सुरक्षा अधिकारी लाई जानकारी दिनुहोस्।
अज्ञात File डाउनलोड वा Execute नगर्नुहोस्।
Endpoint Security वा Antivirus सफ्टवेयर प्रयोग गर्नुहोस्।
प्रशिक्षण र जागरूकता (Training and Awareness)
सुरक्षा सुनिश्चित गर्न प्रत्येक प्रयोगकर्ताले निम्न अभ्यासहरू गर्नुपर्छ:
साइबर Hygiene तालिममा सहभागी हुनुहोस्।
समय-समयमा Phishing Simulation Exercises मा भाग लिनुहोस्।
Multi-Factor Authentication (MFA) सक्रिय गर्नुहोस् (पासवर्डसँगै OTP वा Biometric सुरक्षा प्रयोग गर्नुहोस्)।
भविष्यमा हुने सम्भावित जोखिम
सावधानी नअपनाएमा निम्न जोखिमहरू हुनसक्छन्:
सरकारी वा व्यक्तिगत प्रणालीमा अनाधिकृत पहुँच
प्रयोगकर्ताको गतिविधिमा ह्याकरको निगरानी
नीति-निर्माण सम्बन्धी वा प्रशासनिक डाटा चुहावट
निष्कर्ष
"फिसिङ् आक्रमणबाट जोगिनु भनेको तपाईंको व्यक्तिगत सुरक्षा मात्र होइन, सम्पूर्ण संस्थाको सुरक्षामा योगदान दिनु हो।"
सन्देहास्पद Link वा File क्लिक गर्नुअघि दुईपटक सोचौं। कुनै पनि शंका लाग्दा तुरुन्त सूचना प्रविधि टिम वा सुरक्षा समन्वयकलाई जानकारी गरौं।
सावधान रहनुहोस्, सतर्क बनौं, सुरक्षित बनौं।
डिजिटल साक्षरता र साइबर साक्षरता – नेपालमा अवस्था, चुनौती र भविष्य
१. डिजिटल साक्षरता (Digital Literacy) के हो?
डिजिटल साक्षरता भनेको सूचना प्रविधिको सही प्रयोग गर्ने क्षमता हो। यसमा कम्प्युटर, इन्टरनेट, स्मार्टफोन, डिजिटल उपकरण, सफ्टवेयर तथा अनलाइन स्रोतहरूको प्रयोग गर्ने ज्ञान समावेश हुन्छ।
नेपालमा डिजिटल साक्षरताको अवस्था
नेपालमा स्मार्टफोन प्रयोगकर्ता ७०% भन्दा बढी भए पनि प्रभावकारी डिजिटल साक्षरता अझै कम छ।
बैंकिङ सेवा, सरकारी ई-सेवा, डिजिटल भुक्तानी प्रणाली (eSewa, Khalti) को प्रयोग बढ्दै गएको छ।
ग्रामीण क्षेत्रका मानिसहरू अझै डिजिटल माध्यम प्रयोग गर्न हिच्किचाउँछन्।
डिजिटल साक्षरता बढाउन चुनौतीहरू
शिक्षा प्रणालीमा डिजिटल साक्षरता अझै पनि प्राथमिकता छैन।
ग्रामीण क्षेत्रका नागरिकलाई इन्टरनेट पहुँच महँगो पर्न जान्छ।
साइबर सुरक्षासम्बन्धी ज्ञानको अभाव।
२. साइबर साक्षरता (Cyber Literacy) के हो?
साइबर साक्षरता भनेको इन्टरनेट तथा डिजिटल प्रणालीको सुरक्षित प्रयोग सम्बन्धी ज्ञान हो। यसमा डाटा सुरक्षाको उपाय, अनलाइन ठगीबाट जोगिने तरिका, गोपनीयता नीति (privacy policy) आदिको ज्ञान पर्दछ।
नेपालमा साइबर साक्षरताको अवस्था
साइबर अपराधको दर बढ्दो छ, तर अधिकांश प्रयोगकर्ताहरूलाई साइबर सुरक्षा सम्बन्धी आधारभूत जानकारी छैन।
अनलाइन ठगी, बैंकिङ फ्रड, फिसिङ आक्रमण, तथा सामाजिक सञ्जाल दुरुपयोग सामान्य बन्दै गएको छ।
नेपाल सरकारद्वारा साइबर सुरक्षा नीति २०८० ल्याइए पनि प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण छ।
साइबर साक्षरता बढाउन चुनौतीहरू
साइबर अपराध सम्बन्धी कानुनी जागरुकता न्यून।
डिजिटल सेवा प्रदायकहरूले प्रयोगकर्तालाई पर्याप्त सुरक्षा सचेतना नदिने।
साइबर अपराध अनुसन्धानका लागि प्रविधिको सीमितता।
३. नेपालमा डिजिटल र साइबर साक्षरता अभिवृद्धि गर्न आवश्यक कदमहरू
✔ विद्यालय तथा विश्वविद्यालय तहमा डिजिटल तथा साइबर साक्षरतासम्बन्धी पाठ्यक्रम समावेश गर्ने।
✔ स्थानीय तह, बैंकहरू, तथा अनलाइन प्लेटफर्महरूले साइबर सुरक्षासम्बन्धी प्रशिक्षण अभियान सञ्चालन गर्ने।
✔ सुरक्षित डिजिटल सेवा प्रयोग गर्न सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक पर्ने।
✔ साइबर अपराध नियन्त्रणका लागि साइबर कानुनलाई कडाइका साथ कार्यान्वयन गर्ने।
नेपालमा डिजिटल साक्षरता तथा साइबर साक्षरता अभिवृद्धि गर्न सरकारले मात्र होइन, नागरिक तहबाट पनि सचेतना आवश्यक छ। सुरक्षित डिजिटल भविष्यमै समृद्ध नेपाल सम्भव छ।
परिचय तथा पृष्ठभूमि
सूचना प्रविधिको प्रयोग नेपालमा दिनानुदिन बढ्दै गएको छ। सरकारी, अर्धसरकारी, गैरसरकारी तथा निजी क्षेत्रका विविध सेवाहरू प्रविधिमा आधारित बन्दै गएका छन्। नेपाल सरकारले विधुतीय सुशासनलाई प्रवर्द्धन गर्दै विभिन्न प्रविधिमैत्री सेवाहरू लागू गरेको छ, जस्तै नागरिक एप, विद्युतीय कर प्रणाली, डिजिटल भुक्तानी प्रणाली, तथा सरकारी निकायहरूको वेबपोर्टलहरू। यी सेवाहरूले नागरिकलाई सजिलो तथा प्रभावकारी सेवा प्रदान गर्ने मात्र नभई प्रशासनिक प्रक्रियालाई पनि चुस्त बनाएको छ। साथै, नेपाल सरकारले हालै "आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१" को मस्यौदा तयार गरी रायसुझाव माग गरेको छ, जसले भविष्यमा प्रविधि क्षेत्रको दिगो विकास र साइबर सुरक्षाका उपायहरूलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
साइबर सुरक्षासम्बन्धी जोखिम र चुनौतीहरू
तर, सूचना प्रविधिको व्यापक प्रयोगसँगै यसको सुरक्षाका चुनौतीहरू पनि दिनप्रतिदिन जटिल बन्दै गइरहेका छन्। साइबर सुरक्षाका उपायहरू कमजोर भएका कारण संवेदनशील डेटा बाहिरिने तथा सेवा प्रवाहमा अवरोध उत्पन्न हुने समस्या देखिन्छ। हालै मात्र नेपालकै एक अग्रणी इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूको डेटा बाहिरिएको घटना यसका ज्वलन्त उदाहरण हुन्। यसले शैक्षिक संस्थाहरूले पनि साइबर सुरक्षालाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता देखाएको छ।
मुख्य साइबर सुरक्षा चुनौतीहरूमध्ये केही यस्ता छन् –
o डेटा चोरी र सूचना लीक – संवेदनशील डाटाको पर्याप्त सुरक्षा व्यवस्था नहुँदा गोपनीय सूचना बाहिरिने जोखिम।
o साइबर हमलाका जोखिमहरू – बैंकिङ प्रणाली, सरकारी प्रणाली, तथा निजी कम्पनीहरूमाथि ह्याकरहरूले निरन्तर साइबर हमला गर्ने सम्भावना।
o फिशिङ तथा मॉलवेयर आक्रमण – व्यक्तिगत तथा संस्थागत प्रयोगकर्ताहरूलाई ठगी गर्ने उद्देश्यले गरिने ह्याकिङ प्रयासहरू।
o इन्टरनेट फ्रड र ठगी – अनलाइन भुक्तानी प्रणाली तथा डिजिटल कारोबारमा अनाधिकृत पहुँचको सम्भावना।
साइबर सुरक्षाका लागि आवश्यक पूर्वतयारीहरू/पहलहरू तथा कानुनी व्यवस्था
सूचना प्रविधि संरचना तथा प्रणाली समयानुकूल अद्यावधिक (अपडेट/अपग्रेड) गर्नु जरुरी छ। साइबर सुरक्षाको लागि आवश्यक पूर्वतयारी नगर्दा सरकारी तथा निजी क्षेत्रका संस्था साइबर आक्रमणको शिकार बन्न सक्छन्। साइबर सुरक्षाका लागि अत्यावश्यक मूल्यांकन तथा विश्लेषण विधिहरू, जस्तै साइबर सुरक्षा अडिट, आई.टी. अडिट, भल्नरेबिलिटी एसेस्मेन्ट तथा पेनेट्रेशन टेस्टिङ (VAPT), नियमित रूपमा गरिनु पर्दछ। यस्ता उपाय अवलम्बन नगर्दा नेपालका विभिन्न संस्थाहरू साइबर आक्रमणको सिकार भई संवेदनशील डेटा लिक हुने तथा सेवा प्रवाहमा समस्या आउने घटनाहरू दोहोरिइरहेका छन्।
नेपालमा साइबर सुरक्षाको प्रवर्द्धन गर्न विभिन्न कानुनी र नीतिगत पहलहरू गरिएका छन्। सूचना प्रविधि नीति २०५७, विद्युतीय कारोबार ऐन २०६३, तथा राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जस्ता कानुनी दस्तावेजहरूले साइबर सुरक्षालाई कानुनी रूपमा व्यवस्थित गर्ने प्रयास गरेका छन्। यस्तै, साइबर सुरक्षाका चुनौतीहरूको विश्लेषण, मूल्यांकन तथा पूर्वतयारीका लागि नेपाल सरकारको संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राष्ट्रिय साइबर सुरक्षा केन्द्र**(NCSC)** गठन गरिएको छ। हालै यस केन्द्रले सरकारी सूचना प्रविधि प्रणाली प्रयोगकर्ताका लागि साइबर सुरक्षा सम्बन्धी Advisory जारी गरेको छ, जसले साइबर सुरक्षासम्बन्धी महत्वपूर्ण मार्गनिर्देशिका प्रदान गर्दछ।
(NCSC Advisory अनुसार) –
🔹 वेबसाइट तथा एप सुरक्षाको लागि नियमित अपडेट तथा सिक्युरिटी फ्रेमवर्कको प्रयोग
🔹 डेटाको नियमित ब्याकअप तथा बिजनेस कन्टिन्युइटी प्लान (BCP) को अवलम्बन
🔹 Genuine लाइसेन्स भएका सफ्टवेयर तथा हार्डवेयरको प्रयोग
🔹 Anti-virus, firewall, IDS/IPS जस्ता साइबर सुरक्षा उपकरणहरूको प्रयोग तथा अपडेट
🔹 मल्टि-फ्याक्टर अथेण्टिकेसन (MFA) को प्रयोग अनिवार्य बनाउने
🔹 नियमित रूपमा IT Audit, Security Audit, VAPT (Vulnerability Assessment and Penetration Testing) जस्ता सुरक्षा परीक्षणहरू गर्ने लगायतको महत्वपूर्ण विषयलाई केन्द्रित गरेको देखिन्छ।
सुरक्षाका नवीनतम उपायहरू
भविष्यमा सम्भावित साइबर हमलाबाट जोगिन नेपालका सरकारी, अर्धसरकारी, निजी क्षेत्र तथा शैक्षिक संस्थाहरूले साइबर सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छ। प्रविधिको उच्चतम प्रयोगसँगै सुरक्षा उपायहरूलाई सुदृढ गर्नु अपरिहार्य छ। यदि हामीले साइबर सुरक्षालाई उपेक्षा गर्यौं भने यसले विकराल रूप लिन सक्छ, जसको परिणाम देशको आर्थिक, सामाजिक,प्रशासनिक तथा राष्ट्रिय सुरक्षा क्षेत्रमा गम्भीर असर पार्न सक्दछ।
नेपालको साइबर सुरक्षालाई अझ प्रभावकारी बनाउन निम्न उपायहरू आवश्यक देखिन्छ –
✔ साइबर सुरक्षा प्रशिक्षण तथा जनचेतना कार्यक्रम – सरकारी तथा निजी क्षेत्रका कर्मचारी तथा सर्वसाधारणलाई साइबर सुरक्षा सम्बन्धी तालिम आवश्यक।
✔ साइबर सुरक्षासम्बन्धी कानुनी प्रवर्धन – साइबर अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था तथा कार्यान्वयन।
✔ निजी क्षेत्र तथा सरकारबीच सहकार्य – साइबर सुरक्षाका लागि निजी तथा सरकारी निकायबीच सहकार्य आवश्यक।
✔ साइबर सुरक्षा अनुसन्धान तथा नवीन समाधानहरू – साइबर सुरक्षा अनुसन्धान तथा विकासलाई प्राथमिकता दिइनुपर्छ।
साथै, "आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१" ले साइबर सुरक्षाका लागि अत्याधुनिक प्रविधिहरू अपनाउने मार्ग प्रशस्त गर्नेछ।
निष्कर्ष
नेपालमा सूचना प्रविधिको प्रयोग द्रुतगतिमा वृद्धि भइरहेको छ, जसले डिजिटल नेपाल निर्माणतर्फको यात्रालाई बल दिएको छ। यद्यपि, प्रविधिको सुरक्षित तथा प्रभावकारी प्रयोग सुनिश्चित गर्न साइबर सुरक्षालाई समान महत्व दिनु आवश्यक छ। साइबर सुरक्षा उपायहरूलाई व्यवस्थित रूपमा लागू नगरेको खण्डमा आर्थिक, सामाजिक तथा राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्न सक्छ। त्यसैले, नेपाल सरकारले जारी गरेको साइबर सुरक्षा रणनीति तथा परामर्शलाई कार्यान्वयन गर्दै, साइबर अपराध नियन्त्रण तथा डिजिटल सुरक्षालाई थप सुदृढ बनाउन सुरक्षाका मापदण्डहरूलाई सशक्त बनाउँदै, प्रभावकारी नीति तथा सुरक्षाका उपायहरू अवलम्बन गर्न सबै सरोकारवालाहरूले अग्रसरता देखाउन सबै पक्ष गम्भीर हुनुपर्ने देखिन्छ।"आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१" को कार्यान्वयनले नेपाललाई डिजिटल सुरक्षाको दिशामा थप सशक्त बनाउने विश्वास गर्न सकिन्छ।
To obtain a free .com.np domain name in Nepal and use it for publishing a news article, follow this step-by-step guide:
Step 1: Verify Eligibility
Citizenship Requirement: To get a .com.np domain, you must be a Nepali citizen. The applicant's name should match the domain name requested.
News-Related Domain: If you're publishing a news article, the domain should relate to the name of your news site or your official name (e.g., your full name or organization's name).
Step 2: Prepare Required Documents
Personal Domain:
Scanned copy of your Nepali citizenship certificate (front and back).
Organizational Domain:
Scanned copy of your company/organization registration certificate.
Cover letter on your organization’s letterhead requesting the domain.
PAN/VAT certificate of the organization.
Step 3: Register an Account on Mercantile
Go to the official site for .com.np domains: https://register.com.np/.
Click on Sign Up and fill in the required information.
Step 4: Choose and Check Domain Availability
Log in to your Mercantile account.
Use the Domain Search feature to check if your desired domain name is available.
Step 5: Submit the Application
Select the available domain and proceed to apply.
Fill out the form with your details:
For personal domains, use your name as the domain name (e.g., yourname.com.np).
For organizational domains, use your company name or a related term.
Upload the required documents:
Scanned copies of citizenship or organization registration documents.
For organizations, include a cover letter and PAN/VAT certificate.
Step 6: Set Name Servers
Configure your domain's Name Servers:
Use the name servers provided by your hosting provider (e.g., ns1.yourhost.com and ns2.yourhost.com).
Alternatively, set up free hosting services like InfinityFree or awardspace.
If you haven't purchased hosting, explore platforms like Blogger (free with custom domains).
Step 7: Wait for Approval
The Mercantile team will review your application.
You will receive an email confirmation once your domain is approved, usually within 1–3 working days.
Step 8: Publish Your News Article
Set Up Hosting:
Link your domain to a hosting platform where your website will reside.
Platforms like WordPress or Blogger are suitable for beginners.
Design the Website:
Use a news-related theme to make your website look professional.
Post Your News Article:
Log in to your website’s CMS (Content Management System) and publish your article.
Tips for Success
Make sure your domain name is relevant and professional.
Test your website after domain setup to ensure everything works properly.
If you're planning to use the site for a long time, consider securing hosting with reliable providers for better performance.
With these steps, you'll have a .com.np domain and a platform ready for publishing news articles!
Step-by-Step Guide Based on the Video:
1. Accessing the Email Portal:
Open a web browser and navigate to mail.nepal.gov.np.
Enter your username (provided by the government IT department) and password.
2. Navigating the Dashboard:
Once logged in, familiarize yourself with the dashboard.
The dashboard includes sections for inbox, sent items, drafts, and folders for organizing emails.
3. Composing an Email:
Click on the "Compose" button.
Enter the recipient's email address (e.g., xyz@nepal.gov.np), subject line, and email body.
Attach any necessary files using the attachment option.
Review and click "Send."
4. Organizing Emails:
Create folders to sort emails by project, department, or priority.
Use labels for quick identification.
5. Changing Your Password:
Go to account settings.
Select the "Change Password" option and follow the instructions.
Ensure your password is strong and secure.
6. Security Best Practices:
Always log out after using the email, especially on shared devices.
Do not share your password with others.
Be cautious of phishing attempts and report suspicious emails to the IT department.
7. Troubleshooting Common Issues:
For login issues, ensure your credentials are correct and the CAPS LOCK key is off.
If you forget your password, use the "Forgot Password" feature or contact IT support.
Clear browser cache if the email portal isn't loading properly.
8. Using Email on Mobile:
Configure your official email on mobile email apps like Gmail or Outlook.
Use the IMAP/SMTP settings provided in the video for seamless access.
Additional Notes:
The video includes a practical walkthrough for visual learners. Watch it for a detailed demonstration.
If further assistance is required, contact your department's IT help desk.
Source: Official Email Guide Video
https://youtu.be/gPZjIiZYNOw?si=sbhchCERxA6b0-4-
1. Poor, sad, sick, elderly, beggars people also start to appear.
2. It is understood that tongues and words are more dangerous weapons than guns and knives.
3. Finally understand why a thief steals.
4. If someone makes a mistake, he gets the courage to forgive him.
5. Understand where to speak and where to remain silent.
6. the value of parents is understood.
7. The misconception that life ends with things like a breakup, divorce, or the death of loved ones ends. Such events in life also start to seem normal.
8. People who post smiling pictures on social media can understand how sad they are in reality.
9. the difference between love and lust is understood.
10. It is understood that health is the most valuable asset.
11. Even if the people who read the book lose because of their righteous behavior, the thought of suicide does not come to their minds.
11. Those who have crores of wealth are seen as poor and those who earn 100-200 rupees a day are seen as prosperous.
12. The importance of education in life is understood.
13. Actors acting in movies are seen by everyone, but in real life, many people are acting better than that. This fact can only be recognized by experienced people who have read many books.
14. People who read a lot of books know about only one species - Humanity.
15. Studying people know that by motivating losers they can win again.
16. 1 percent of people on this earth are good and 1 percent of people are bad. The remaining 98 percent of all of us people are just their followers. Some people become good by imitating good people and some people become bad by following bad people. This fact is known to studious people. 17. Diligent people do not splash mud on others but clean their glasses from time to time.
Do you want to learn coding in 2022, you are at right place. Yo can become web developer,web designer, programmer and etc via coding.There are many resources to start coding and there is no restriction of ages and education level in coding field. The major youtube channel to learn coding are listed below:
1.The Net Ninja
2.Free Code Camp
3.Code With Harry
To learn more about me,please visit at https://www.anantarajshrestha.com.np. Thank you !