Skip to main content

Command Palette

Search for a command to run...

नेपालमा सरकारी निकायको वेबसाइट निःशुल्क बनाउने प्रक्रिया/चरण...

Updated
3 min read
नेपालमा सरकारी निकायको वेबसाइट निःशुल्क बनाउने प्रक्रिया/चरण...
E

Er. ANANTA RAJ SHRESTHA - Computer Engineer@GoN

नेपाल सरकार अन्तर्गतका कुनै पनि मन्त्रालय,आयोग, विभाग, कार्यालय, स्थानीय तह आदि सरकारी निकायले आफ्नो आधिकारिक वेबसाइट पूर्ण रूपमा निःशुल्क बनाउन सक्छन्। यसका लागि कुनै निजी कम्पनी, टेन्डर वा बजेट आवश्यक पर्दैन।

यो सम्पूर्ण प्रक्रिया सूचना तथा सञ्चार प्रविधि मन्त्रालय (MoCIT) अन्तर्गतका दुई मुख्य निकायमार्फत सञ्चालन हुन्छ:

  1. सूचना प्रविधि विभाग (DoIT)

  2. राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC / IDMC)


समग्र आधिकारिक प्रक्रिया

पहिलो चरण → DoIT : GIWMS प्रणालीमा आबद्ध हुन पत्र
दोस्रो चरण → NITC : Domain Mapping को पत्र
तेस्रो चरण → DoIT : वेबसाइट Live गरिदिन पत्र

यी तीन चरण पूरा भएपछि मात्र सरकारी वेबसाइट पूर्ण रूपमा सञ्चालनमा आउँछ।


पहिलो चरण: DoIT मा निवेदन

(एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली(GIWMS)मा आबद्ध हुन)

यस चरणमा कार्यालयले DoIT लाई औपचारिक पत्र पठाएर आफ्नो कार्यालयलाई सरकारको GIWMS मा समावेश गरिदिन अनुरोध गर्नुपर्दछ।

यस चरणमा DoIT ले के गर्छ?

  • कार्यालयलाई सरकारी GIWMS मा दर्ता गर्छ

  • वेबसाइट प्रणाली उपलब्ध गराउँछ

  • Admin / System Manager तोक्छ

  • वेबसाइटको ढाँचा (template) दिन्छ


पहिलो चरणको सरकारी पत्र ढाँचा


                                                                                    मिति: ………………………
श्री सूचना प्रविधि विभाग  
बबरमहल, काठमाडौं ।

                        विषय: एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा आबद्ध गराइदिने बारे ।

        उपरोक्त सम्बन्धमा यस विभागबाट विकास भई सञ्चालनमा रहेको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई नेपाल सरकारका सबै
निकायहरुले आफ्नो वेबसाइट व्यवस्थापन गर्न प्रयोग गर्ने भएको जानकारी बमोजिम सो प्रणालीमा यस निकायलाई समेत आबद्ध हुन आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ ।
साथै उक्त प्रणाली सञ्चालन तथा प्रयोगमा सहकार्य भूमिकाको लागि यस निकायमा कार्यरत देहाय बमोजिमका कर्मचारीलाई प्रणाली व्यवस्थापकको रुपमा तोकिएको व्यहोरा जानकारी
गराउँदछु ।

प्रणाली व्यवस्थापकको नाम: ……………………………
पद: ……………………………
मोबाइल नं: ……………………………
कार्यालयको इमेल ठेगाना: ……………………………
                                                                                --------------
                                                                                 (कार्यालय प्रमुख)

नोट: यो चरणपछि तपाईंको कार्यालय सरकारी GIWMS मा प्रवेश गर्छ, तर वेबसाइट अझै live हुँदैन।


दोस्रो चरण: NITC (IDMC) मा निवेदन

(Domain Mapping का लागि)

अब तपाईंको .gov.np डोमेनलाई सरकारी सर्भरमा DNS Mapping गर्नुपर्छ यसका लागि NITC मा पत्र पठाउनु पर्दछ:


दोस्रो चरणको सरकारी पत्र ढाँचा

                                                                               मिति: ………………………
श्री एकीकृत डेटा व्यवस्थापन केन्द्र  
(राष्ट्रिय सूचना प्रविधि केन्द्र)  
सिंहदरबार, काठमाडौं ।


                                    विषय: Domain Mapping सम्बन्धमा ।

        उपरोक्त सम्बन्धमा यस कार्यालयको Domain  …………………………………… लाई सूचना प्रविधि विभागबाट एकीकृत वेबसाइट व्यवस्थापन
 प्रयोजनका लागि उपलब्ध गराइएको IP Address: xx.xx.xx.xx (जस्तै:-103.69.124.8) मा Mapping गरिदिनुहुन अनुरोध छ ।


                                                                                --------------
                                                                                 (कार्यालय प्रमुख)

नोट:-यस चरणमा तपाईंको डोमेन सरकारी डाटा सेन्टरमा जोडिन्छ


तेस्रो चरण: DoIT मा अन्तिम पत्र

(वेबसाइट Live गरिदिन)

अब बेवसाईट लाइभ गर्न DoIT लाई अन्तिम पत्र पठाउनु पर्दछ:


तेस्रो चरणको सरकारी पत्र ढाँचा

                                                                                   मिति: ………………………
श्री सूचना प्रविधि विभाग  
बबरमहल, काठमाडौं ।

                                    विषय: वेबसाइट Live गरिदिने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा यस कार्यालयको Domain  ……………………………………(जस्तै:-office.gov.np)  तहाँ विभागबाट एकीकृत वेबसाइट व्यवस्थापन  
प्रयोजनका लागि उपलब्ध गराइएको IP Address: xx.xx.xx.xx (जस्तै:-103.69.124.8) मा Mapping भइसकेको हुँदा यस कार्यालयको वेबसाइट  
Live गरिदिनुहुन अनुरोध छ ।

                                                                                 --------------
                                                                                 (कार्यालय प्रमुख)

अव यही पत्रपछि तपाईंको वेबसाइट आधिकारिक रूपमा सार्वजनिक (Live) हुन्छ।

नोट: माथिका विषयवस्तु नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय (MoCIT) अन्तर्गतका दुई मुख्य निकायहरु सूचना प्रविधि विभाग (DoIT) र राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC / IDMC)हरुको आधिकारिक वेबसाइटमा रहेको सूचना/सेवा/जानकारीमा आधारित छन् भने प्रस्तुत निवेदनको आधिकारिक ढांचा सम्बन्धित निकायको वेबसाइटको डाउनलोड खण्डमा प्राप्त गर्न सकिन्छ र पत्र पठाउदा कार्यालयको Official Letterhead मा पठाउनुहुन् अनुरोध छ।

More from this blog

साइबर सुरक्षामा फिसिङ् भनेको के हो? किन, कहाँ,कसरी बच्ने?

फिसिङ् (Phishing) भनेको के हो? फिसिङ् भनेको एक प्रकारको सामाजिक इन्जिनियरिङ् (Social Engineering) साइबर हमला हो जसमा ह्याकरहरूले प्रयोगकर्तालाई झुक्याएर गोप्य र संवेदनशील जानकारी चोर्ने प्रयास गर्छन्। यी हमलाहरू प्रायः यस्ता माध्यमबाट गरिन्छ: अनधिकृत...

Jun 26, 20253 min read30

डिजिटल साक्षरता र साइबर साक्षरता – नेपालमा अवस्था, चुनौती र भविष्य!

डिजिटल साक्षरता र साइबर साक्षरता – नेपालमा अवस्था, चुनौती र भविष्य १. डिजिटल साक्षरता (Digital Literacy) के हो? डिजिटल साक्षरता भनेको सूचना प्रविधिको सही प्रयोग गर्ने क्षमता हो। यसमा कम्प्युटर, इन्टरनेट, स्मार्टफोन, डिजिटल उपकरण, सफ्टवेयर तथा अनलाइन ...

Feb 23, 20252 min read31
डिजिटल साक्षरता र साइबर साक्षरता – नेपालमा अवस्था, चुनौती र भविष्य!

नेपालमा सूचना प्रविधिको बढ्दो प्रयोग र साइबर सुरक्षा

परिचय तथा पृष्ठभूमि सूचना प्रविधिको प्रयोग नेपालमा दिनानुदिन बढ्दै गएको छ। सरकारी, अर्धसरकारी, गैरसरकारी तथा निजी क्षेत्रका विविध सेवाहरू प्रविधिमा आधारित बन्दै गएका छन्। नेपाल सरकारले विधुतीय सुशासनलाई प्रवर्द्धन गर्दै विभिन्न प्रविधिमैत्री सेवाहरू ...

Feb 8, 20254 min read226
नेपालमा सूचना प्रविधिको बढ्दो प्रयोग र साइबर सुरक्षा
E

Er. ANANTA RAJ SHRESTHA-Computer Engineer at the Government of Nepal

8 posts

Computer Engineer at Government of Nepal